बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सरकारी स्वामित्वको डीडीसीले उपभोक्तालाई दुधमा १ सय एमएल ठग्यो, छापा मार्दा खुल्यो रहस्य


    हुलाक प्रेस

    • शनिबार, चैत २३ २०८१११:५३
    सरकारी स्वामित्वको डीडीसीले उपभोक्तालाई दुधमा १ सय एमएल ठग्यो, छापा मार्दा खुल्यो रहस्य

    काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा दुई निकायले छापा मारेका छ।

    दूध तथा दुग्धजन्य पदार्थको तौलमा ठगी गरेको, गुणस्तरहीन उत्पादन बिक्री गरेको र म्याद नाघेको बटरबाट घिउ बनाएर बिक्री गरेको उजुरीको आधारमा गुणस्तर तथा नापतौल विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले छुट्टाछुट्टै छापा मारेको हो ।

    गुणस्तर तथा नापतौल विभागको स्रोतका अनुसार डिडिसीले कम तौलको उत्पादन बिक्री गरेको उजुरीको आधारमा छापा मारिएको हो । ५ सय एमएलको दूधको प्याकेटमा ४ सय एमएल दूध मात्रै पाइएपछि उजुरीको आधारमा छापा मारिएको थियो । नापतौल विभागले विस्तृत अध्ययन गरी कारवाही अघि बढाउने जनाएको छ ।

    यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको उजुरीको आधारमा छापा मारेको हो । स्रोतका अनुसार डीडीसीविरुद्ध पछिल्लो समयमा दूध तथा दुग्धजन्य पदार्थको उत्पादनमा गुणस्तरमा कमी देखिएको तथा अनियमितता गरेको विषयमा दर्जनौं उजुरी विभागीय कृषि मन्त्री रामनाथ अधिकारीसम्म पुगेपछि मन्त्रालयले समेत डीडीसीमा दूध र दुग्धजन्य पदार्थको गुणस्तरको बिषयमा कडाईका साथ अनुगमन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएको छ ।

    विभागले डीडीसीमा छापा मारेर दूध तथा दुग्धजन्य पदार्थको नमूना संकलन गरेको छ । ति नमूनाको प्रयोगशालामा सुक्षम रुपमा विश्लेषण गरेर कैफियत पाइएको खण्डमा कारवाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

    यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डीडीसीका महाप्रवन्धक राजेन्द्र अधिकारीलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयकै एक जना सहसचिबलाई जिम्मेवारी दिन लागेको छ ।

    अधिकारी डीडीसीको विभिन्न अनियमितता प्रकरणमा मुछिएको तथा दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर सँगै सम्झौता गरी संस्थानलाई बदनाम गरेको बिषयमा विभिन्न छानविन समितिले यसअघि नै प्रतिवेदन दिसकेको छ ।

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ