बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • घट्यो सुनको भाउ, कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख २६ २०८२०२:२२
    घट्यो सुनको भाउ, कतिमा भइरहेछ कारोबार ?

    काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज तोलामा रु एक हजार ४०० घटेको छ । चाँदीमा भने प्रतितोला रु पाँचले वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६० मा बेचबिखन भइरहेको छ । 

    बिहीबार प्रतितोला सुन रु एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९५५ मा खरिदबिक्री भएको थियो । 

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
    रासस


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ