बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिने


    हुलाक प्रेस

    • बिहीबार , जेठ १५ २०८२०४:४२
    सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिने

    काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनसंरचना गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई पुनसंरचना गर्ने बताएका हुन् ।

    पुनसंरचनाका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यावन्यन र दायारा बिस्तार गरिने उनले जानकारी दिए । त्यसैगरी, बिमितको सुविधा थैली पनि क्रमश वृद्धि गर्ने पौडेलले जानकारी दिए ।

    हाल ५ जनाको परिवारका लागि एक लाखसम्मको सुविधा थैली रहेको छ । त्यसैगरी, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गर्ने सरकारले घोषणा गरेको छ । ‘बिमितलाई फरक फरक पोलिसी छनोटको सुविधा उपलब्ध गराइने छ । बिमा सुविधाको दुरुपयोग हुन नदिनका लागि दोहोरोपना हटाइनेछ,’ अर्थमन्त्री पौडेलले भने ।

    बीमा हुने चुहावट नियन्त्रण गर्ने संस्थागत प्रशासन कायम गरिने उनले बताए । सरकारले जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, अति विपन्न तथा अपसंख्यकले दिने गरेको बीमा सुविधालाई निरन्तरता दिइने भएको छ ।

    स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ । यसभन्दा अगाडि सरकारले ७ अर्ब ५० करोड छुट्टाउँदै आएको थियो । अहिले स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक संस्थालाई १६ अर्बभन्दा बढी भुक्तानी तिर्न बाँकी छ ।

    उक्त भुक्तानी तेस्रो पक्षबाट भरपाई भने चालू आर्थिक वर्षमा नै रकम फरफार गर्ने व्यवस्था मिलाइएको मन्त्री पौडेलले जानकारी दिए ।

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ