बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात


    हुलाक प्रेस

    • बुधबार, जेठ २८ २०८२११:३२
    दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

    रसुवा । दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५००  नाघेको छ ।

    विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् । 
          
    रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७०  सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ । काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ । 

    चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #ev
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ