बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • चिनियाँ बैंकहरूको कुल सम्पत्ति चीनको जीडीपीभन्दा पनि बढी ! चार बैंक विश्वको अग्रस्थानमा


    हुलाक प्रेस

    • आइतबार, असार २९ २०८२०८:३४
    चिनियाँ बैंकहरूको कुल सम्पत्ति चीनको जीडीपीभन्दा पनि बढी ! चार बैंक विश्वको अग्रस्थानमा

    काठमाडौँ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। तर सम्पत्तिको आधारमा हेर्दा विश्वका १० ठूला बैंकहरूको सूचीमा चीनको वर्चस्व देखिन्छ । उक्त सूचीमा शीर्ष चार स्थानमा चीनका बैंकहरू छन् । यी चार बैंकहरूको कुल सम्पत्ति करिब २३ ट्रिलियन डलर पुगेको छ। विश्वको कुनै पनि बैंक यी बैंकहरूको तुलनामा नजिक छैन ।

    शीर्ष १० बैंकहरूको सूचीमा अमेरिका र फ्रान्सका दुई-दुई बैंक छन् भने जापान र बेलायतका एक-एक बैंकले स्थान पाएका छन् । भारतका बैंक एसबीआई (स्टेट बैंक अफ इन्डिया) र एचडीएफसी बैंक भने निकै पछाडि छन् ।

    ब्लूमबर्गका अनुसार, इन्डस्ट्रियल एन्ड कमर्शियल बैंक अफ चाइना सूचीको शीर्ष स्थानमा छ । यसको कुल सम्पत्ति ६.७ ट्रिलियन डलर छ । यस आधारमा यो विश्वकै सबैभन्दा ठूलो बैंक हो । दोस्रो स्थानमा रहेको एग्रिकल्चर बैंक अफ चाइना को सम्पत्ति ५.९ ट्रिलियन डलर छ । चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेशन ५.६ ट्रिलियन डलर सम्पत्तिसहित तेस्रो स्थानमा छ भने बैंक अफ चाइना ४.८ ट्रिलियन डलरसहित चौथो स्थानमा छ ।

    यसरी चीनका चार बैंकहरूको संयुक्त सम्पत्ति करिब २३ ट्रिलियन डलर पुगेको छ, जुन चीनको कुल जीडीपी (१९.२३ ट्रिलियन डलर) भन्दा पनि बढी हो ।

    सूचीको पाँचौं स्थानमा अमेरिकाको जेपी मोर्गन चेस एन्ड कम्पनी छ, जसको सम्पत्ति ४ ट्रिलियन डलर छ । बैंक अफ अमेरिका ३.३ ट्रिलियन डलरसहित छैटौं स्थानमा छ । बेलायतको एचएसबीसी बैंक ३ ट्रिलियन डलरसहित सातौं स्थानमा छ । फ्रान्सका बीएनपी पारिबा (२.८ ट्रिलियन डलर) र क्रेडिट एग्रीकोल ग्रुप (२.७ ट्रिलियन डलर) क्रमशः आठौं र नवौं स्थानमा छन् । जापानको मित्सुबिशी यूएफजे फाइनान्सियल ग्रुप २.६ ट्रिलियन डलरसहित दशौं स्थानमा छ ।

    भारतका ठूला बैंकहरू मध्ये एसबीआई को कुल सम्पत्ति ५४७ अर्ब डलर र एचडीएफसी बैंक को ४९४ अर्ब डलर रहेको छ । यी बैंकहरू शीर्ष १०० को सूचीमा भने समावेश छन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ