बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • ४९ जिल्लामा फैलियो कोभिड संक्रमण, सबैभन्दा धेरै वाग्मतीमा


    हुलाक प्रेस

    • बुधबार, साउन २१ २०८२०७:५४
    ४९ जिल्लामा फैलियो कोभिड संक्रमण, सबैभन्दा धेरै वाग्मतीमा

    काठमाडौं । नेपालमा थप जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोभिड–१९ संक्रमण थप जिल्लामा पुष्टि भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

    मन्त्रालयका अनुसार, ०८१ पुस १७ गतेदेखि ०८२ साउन १९ गतेसम्म ४२६ जनामा संक्रमण पुष्टि भएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, पुस १७ यता तीन जनाको कोभिडका कारण मृत्यु भएको छ ।

    पछिल्लो तथ्यांकअनुसार, ४९ जिल्लामा कोभिड संक्रमण फैलिएको छ । सबैभन्दा बढी वाग्मती प्रदेशमा २९४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ