बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • टोटनहम हटस्परले बर्नमाउथलाई हरायो


    हुलाक प्रेस

    • सोमबार, पुस १६ २०८००९:११
    टोटनहम हटस्परले बर्नमाउथलाई हरायो

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हटस्परले बर्नमाउथलाई जितेको छ। 

    गएराति घरेलु मैदानमा भएको खेलमा टोटनहमले बर्नमाउथलाई ३–१ गोलअन्तरले हराएको हो। 

    खेलको नवौँ मिनेटमा टोटेनहमका पापे सारले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ७१औँ मिनेटमा सन हियुङ मिनले गोल गर्दै अग्रता दोब्बर पारे।  

    खेलको ८०औँ मिनेटमा टोटनह्यामका रिचार्लिसनले अर्काे गोल थपे। तर ८४औँ मिनेटमा बर्नमाउथका एलेक्स स्कटले गोल गरेपछि खेल ३–१ गोलअन्तरको हारजित भएको हो। 

    यो जितसँगै टोटनह्याम ३९ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा यथावत् छ भने बर्नमाउथ १९ खेलमा २५ अंकका साथ  १२औँ स्थानमा छ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ