बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • जगदम्बा स्टिलले तिर्‍यो बक्यौता रकमको पहिलो किस्ता, जोडियो बिजुली


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २६ २०८२०९:३१
    जगदम्बा स्टिलले तिर्‍यो बक्यौता रकमको पहिलो किस्ता, जोडियो बिजुली

    काठमाडौं । जगदम्बा स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रकम बुझाएको छ । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिलले बुधबार बक्यौताको पहिलो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार, जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो । जगदम्बाको एक अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी जगदम्बाले पाँच करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ताका रूपमा बुझाएको छ ।

    पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको बिजुली लाइन बुधबार साँझ जडान गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ