बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • नेप्सेमा यी ५ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर १२ २०८२०८:१८
    नेप्सेमा यी ५ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ५ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा कृषि विकास बैंक, सर्वोत्तम सिमेन्ट, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र बरूण हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

    समायोजनपश्चात कृषि विकास बैंकको सेयरमूल्य प्रतिकित्ता ३१८.५५ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ३२८.९० रुपैयाँ कायम थियो । बैंकले गत आवका लागि ३.२५ प्रतिशत बोनस सेयर र ९.२५ प्रतिशत नगद गरी कुल १२.५० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

    यस्तै सर्वोत्तम सिमेन्टले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ८७०.३८ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९१३.९० रुपैयाँ कायम थियो ।

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ४११.६५ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ४२४ रुपैयाँ कायम थियो । बैंकले गत आवका लागि ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

    यस्तै ङादी ग्रुप पावरको सेयरमूल्य पनि समायोजन हुँदै प्रतिकित्ता ३७९.५७ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३९७.६० रुपैयाँ कायम थियो । कम्पनीले हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

    यस्तै समायोजनपश्चात बरूण हाइड्रोपावरको सेयरमूल्य प्रतिकित्ता ३३७.८५ रुपैयाँ  कायम भएको छ । समायोजन हुुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३५३.९० रुपैयाँ कायम थियो । यो कम्पनीले हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    आइतबारको कारोबारमा नयाँ समायोजित मूल्यका आधारमा यी सबै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ