काठमाडौं । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मन्त्रिस्तरीय निर्णय गर्दै बास्तोलालाई निर्देशक पदमा नियुक्ति गरेकी मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । यसअघि अस्पतालका निर्देशक डा. युवानिधि बसौला गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा भएका थिए ।
यसअघि पनि बाँस्तोलाले सोही अस्पतालमा निर्देशकको रूपमा काम गरिसकेका छन् । रासस