बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • घट्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?


    हुलाक प्रेस

    • बिहीबार , वैशाख १७ २०८३११:१८
    घट्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको हो ।

    निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ घटाइएको जानकारी दिएको छ ।

    त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ४६ ले बढाइएको उल्लेख छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ