मंगलबार, कात्तिक ११ गते २०८३
  • यो साता चर्चामा :
  • राहदानी छपाई प्रकरणमा विना प्रमाण मुद्दा दर्ता गरेकोमा नेपालसँग जर्मनी रुष्ट


    हुलाक प्रेस

    • बिहीबार , असार ११ २०८३१०:५३
    राहदानी छपाई प्रकरणमा विना प्रमाण मुद्दा दर्ता गरेकोमा नेपालसँग जर्मनी रुष्ट

    काठमाडौँ । राहदानी छपाईको ठेक्का पाएका दुई जर्मन कम्पनीविरुद्ध भ्रस्टाचार मुद्दा लगाएको विषयले दुई देशबीचको सम्बन्ध चिसिएको छ । विशेष अदालतमा दायर अभियोगपत्रमा कुनै प्रमाण नभएको भन्दै युरोपियन मुलुकले कुटनीतिक विरोध जनाएको हो । 

    बिहीबार जर्मनीको विदेश मन्त्रालयले बर्लिनस्थित नेपाली दूतावासका अधिकारी समक्ष अदालती प्रक्रियाबारे असन्तुष्टि जनएको हो । जर्मनीका लागि कार्यवाहक नेपाली राजदूत सागरप्रसाद रिमाललाई विदेश मन्त्रालयमै बोलाएर ‘प्रोटेष्ट नोट’ हस्तान्तरण गरेको छ  । 

    सरकारी स्वामित्वको भेरोडोसमाथि प्रमाणबिनै मुद्दा चलाएर कम्पनीको प्रतिष्ठामा आँच पुर्याएको उसको भनाइ छ । सम्झौता रद्द गरिए प्रतिष्ठा र व्यवसायिक नोक्सानी पुग्ने उसको भनाइ छ ।

    जर्मन कम्पनीहरूले पासपोर्ट डेलिभरीको काम अघि बढाइरहँदा असार ८ गते अख्तियारले विशेष अदालतमा भ्रस्टाचार मुद्दा दायर गरेको थियो । राहदानी विभागमा जर्मन कम्पनीका १ लाख ५० हजार पासपोर्ट आइसकेका छन् ।

    ठेक्का पाएको कम्पनीले ‘प्रोजेक्ट लाइभ’ गर्न टोली नेपाल पठाउन लागेको भन्दै जर्मन सरकारले उनीहरुको सुरक्षाबारे पनि चासो राखेको छ । कम्पनीका प्रतिनिधि नेपालमा सुरक्षित रहलान् भन्ने उसको सरोकार छ ।

    राहदानी छपाइको दुईवटा प्याकेजमध्ये १ अर्ब ५५ करोडको ठेक्का म्युहलबाउर आईडी सर्भिस र ६ अर्ब ५५ करोडको ठेक्का भेरिडासले पाएका थिए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ