बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • फिफा विश्वकपः ह्यारी केनको दुई गोलले इंग्ल्याण्ड अन्तिम १६ मा


    हुलाक प्रेस

    • बिहीबार , असार १८ २०८३१२:०७
    फिफा विश्वकपः ह्यारी केनको दुई गोलले इंग्ल्याण्ड अन्तिम १६ मा

    काठमाडौं । डीआर कंगोलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    डीआर कंगोलाई २-१ ले हराउँदै इंग्ल्याण्डले अन्तिम १६ को भिडन्त सुनिश्चित गरेको हो । खेलको पहिलो हाफमा डीआर कंगोले इंग्ल्याण्डलाई निकै दबाबमा राखेको थियो । पहिलो हाफको ७ औँ मिनेटमा डीआर कंगोका ब्रायन सिपेंगाले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

    दोस्रो हाफको ७५ औँ मिनेटमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल गर्दै नतिजा बराबरी गरे । खेलको ८६ औँ मिनेटमा गोल थप्दै उनले नतिजा २-१ मा पुर्‍याए ।

    थपिएको ६ मिनेटमा कुनै टोलीबाट गोल हुन नसकेपछि इंग्ल्याण्ड विजयी भएको हो । अन्तिम १६ मा इंग्ल्याण्डले मेक्सिकोसँग खेल्नेछ । मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । 

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ