मंगलबार, साउन १२ गते २०८३
  • यो साता चर्चामा :
  • इजिप्टविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा


    हुलाक प्रेस

    • मंगलबार, असार २३ २०८३११:५९
    इजिप्टविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा

    काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । इजिप्टविरुद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गर्‍यो । खेलको पहिलो हाफको १५ औँ मिनेटमा इजिप्टले अग्रता लिएको थियो । यासिर इब्राहिमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफको १९ औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । लियोनल मेस्सी चुक्दा पहिलो हाफमा अर्जेन्टिना गोलविहीन बन्यो ।

    दोस्रो हाफको ५७ औँ मिनेटमा इजिप्टका मोस्ताफा जिकोले गोल गरेका थिए । भीएआर परीक्षणबाट इजिप्टले त्यसअघि फाउल गरेको देखाएसँगै उक्त गोलले मान्यता पाएन । त्यसपछि उनले ६६ औँ मिनेटमा गोल गर्दै नतिजा २-० को स्थितिमा ल्याए ।

    खेलको ७७ औँ मिनेटसम्म अर्जेन्टिना २-० ले पछि परेको थियो । ७८ औँ मिनेटमा अर्जेन्टिनाका क्रिष्टिन रोमेरोले अर्जेन्टिनाका लागि पहिलो गोल गरे ।

    ८३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए । दोस्रो हाफको इन्जुरी समयको ९२ औँ मिनेटमा इन्जो फर्नान्डिजले गोल गर्दै खेल अर्जेन्टिनाको पक्षमा ल्याए ।

    क्वाटरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्याण्ड र कोलम्बोबीचको खेलबाट तय हुने विजेतासँग खेल्नेछ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ