मंगलबार, कात्तिक ११ गते २०८३
  • यो साता चर्चामा :
  • आन्दोलन फिर्तासँगै आजबाट अस्पतालका सबै सेवा सुचारु


    हुलाक प्रेस

    • बिहीबार , साउन १४ २०८३०८:५८
    आन्दोलन फिर्तासँगै आजबाट अस्पतालका सबै सेवा सुचारु

    काठमाडौं । चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् ।  सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएसँगै आजबाट अस्पतालले नियमित रूपमा आफ्नो सबै सेवा दिन सुरु गरेका हुन् । 

    बुधबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघबीचको वार्तामा पाँचबुदेँ सहमति भएको थियो ।  

    सहमतिसँगै चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्य फिर्ता गरेको थियो । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका थिए ।

    संघको आह्वानमा मंगलबार र बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको थियो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ