मंगलबार, कात्तिक ११ गते २०८३
  • यो साता चर्चामा :
  • यी प्रदेशमा हुनेछ आज भारी वर्षा, न्यूनचापीय रेखा तराईनजिक


    हुलाक प्रेस

    • मंगलबार, साउन १९ २०८३०८:४०
    यी प्रदेशमा हुनेछ आज भारी वर्षा, न्यूनचापीय रेखा तराईनजिक

    काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक रहँदा भारी वर्षाको सम्भावना रहेको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा मधेस प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

    पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 
     
    विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती, गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

    कोसी, वाग्मती, गण्डकी  र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा  मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले बताएको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ