मंगलबार, कात्तिक ११ गते २०८३
  • यो साता चर्चामा :
  • पृथ्वी राजमार्गको सडकको पछिल्लो अबस्था कस्तो छ ?


    हुलाक प्रेस

    • शुक्रबार, असोज ९ २०८३१०:३४
    पृथ्वी राजमार्गको सडकको पछिल्लो अबस्था कस्तो छ ?

    काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न आठ सडक मार्ग अवरुद्ध रहेका छन् ।

    नेपाल प्रहरीका अनुसार बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरमा दुईतर्फी सडक बन्द छ । यस्तै, सोही गाउँपालिकाको वडा-९ स्थित ज्यामिरेघाट पनि पहिरोका कारण अवरुद्ध छ ।

    वडा-१०को तिङग्राङखानी र गजुरी गाउँपालिका ५ बांगेमोडमा दुईतर्फी सडक बन्द छ । यस्तै, बेनिघाट रोराङ-१० को ज्वाङखोलामा सडक चिरा परेको छ । उक्त गाउँपालिकाकाको शितलबजार-३ मा पहिरोले सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

    गजुरी गाउँपालिका-२ परेवाभीर पहिरोका कारण अवरुद्ध छ भने उक्त गाउँपालिका-२ को चालिसेमा एकतर्फी सडक बन्द छ ।  


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ