बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • घरेलु मैदानमा मिलानको सहज जित


    हुलाक प्रेस

    • शुक्रबार, फागुन २५ २०८०१०:२०
    घरेलु मैदानमा मिलानको सहज जित

    काठमाडौं । यूईएफए युरोपा लिग अन्तिम–१६ को पहिलो लेगमा इटालियन क्लब एसी मिलानले स्लाभिया प्राहाविरुद्ध ४–२ को अग्रता बनाएको छ ।

    बिहीबार घरेलु मैदान सान सिरोमा खेलको ३४औँ मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ३६औँ मिनेटमा डोउडेराले गोल गरेपछि स्लाभिया प्रहा खेलमा फर्किएको थियो ।

    ४४औँ मिनेटमा रेइन्डर्सको गोलमा घरेलु टिमले पुनः २–१ को अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयमा लोफ्टस सेकले गोल गर्दै मिलानलाई ३–१ को अग्रतामा राखे । ६५औँ मिनेटमा इभान श्रान्जले गोल गर्दै प्राहालाई ३–२ को अवस्थामा ल्याए । ८५औँ मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै मिलानलाई ४–२ को अवस्थामा पुर्‍याएका थिए । यसपछि थप गोल हुन नसक्दा मिलानले पहिलो लेगमा सहज अग्रता बनाएको हो ।

    त्यसअघि, २६औँ मिनेटमा हाड्जी डिओउफले रातो कार्ड पाएपछि स्लाभिया प्राहा १० खेलाडीमा समेटिएको थियो । यी दुईबीचको दोस्रो लेग यही मार्च १४ मा हुनेछ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ