बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • फुटबलको महासंग्राम ‘यूरोकप’: बिजेताले पाउनेछ २८ करोड ५० लाख युरो


    हुलाक प्रेस

    • आइतबार, असार २ २०८१०८:२६
    फुटबलको महासंग्राम ‘यूरोकप’:  बिजेताले पाउनेछ २८ करोड ५० लाख युरो

    काठमाडौं । मिनी विश्वकपको रुपमा लिइने युरोकप फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि जर्मनीमा सुरु भएको छ । १७औं संस्करणको यो खेलमा आयोजक जर्मनी र स्कटल्याण्डबीच पहिलो प्रतिस्पर्धा भएको छ । घरेलु मैदानमा जर्मनीले सुखद् सुरुवात गरेको छ ।

    २४ देशहरु सहभागी भएको युरोकप एक महिनासम्म चल्नेछ । जसमा २४ टिमलाई ४-४ टिमको आधारमा ६ समूहमा विभाजन गरिएको छ । युरोकपको फाइनल खेल भने जुलाई १४ मा बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ । सशक्त टिम जर्मनीका लागि यो १४औं युरोकप प्रतिस्पर्धा हो । र तीन पटक उपाधि जितिसकेको छ । जर्मनीकै बराबरीमा अर्को कडा प्रतिस्पर्धी स्पेनले पनि तीन पटक युरोकप जितिसकेको छ ।

    सिँगो विश्वभरले नियालिरहेको युरोकप फुटबल खेल मात्रै नभएर एउटा बिजनेस हबको रुपमा पनि परिचित छ । खेलको रोमान्चकतासँगै युरोकपले सिर्जना गर्ने रोजगारी र अन्य आम्दानीका उपायहरुका कारण यो एक ‘बिजनेस इभेन्ट’का रुपमा पनि स्थापित हुँदै आएको छ । विशेषगरी जर्मनीको अर्थतन्त्रमा यसले कस्तो प्रभाव पार्छ भन्नेबारे बहस हुन थालेको छ ।

    युरोकपको अर्थतन्त्र

    यसरी हेर्दा कोरोना महामारीपछि कमजोर बनेको अर्थतन्त्रलाई यसले उकास्ने अपेक्षा गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार यसपटक युरोकपबाट २ अर्ब ७० करोड यूरो राजस्व संकलन गर्ने आकलन गरिएको छ । यसका लागि जर्मनीले विभिन्न प्रसारण तथा प्रायोजकसँगको सम्झौता गरेको छ । टिकट बिक्री, आतिथ्य प्याकेज र लाइसेन्सजस्ता विषयमा युरोकपको कारोबार तय हुँदैछ ।

    युरोपको प्रशासकीय फुटबल निकाय युईएफएले गत अप्रिलमा आफ्नो यूरो २०२४ आम्दानीको आधा करिब १ अर्ब २० करोड यूरो नाफा कमाउने आकलन गरेको थियो । जसले चार वर्षका लागि उसको काम र विकास अनुदानको कोषमा सहायता पुग्ने बताइएको छ । यसमा २४ टोलीका लागि सयौं मिलियन यूरो पुरस्कार र दैनिक खेल जित्ने टोलीलाई दिने भुक्तानी पनि समावेश हुन्छ ।

    युईएफएले खेलवापत ५०० मिलियन (५० करोड) यूरो नगद दिनेछ । जवकि २०२० मा कोरोना महामारी फैलिनुअघि ५७ करोड ५० लाख (५७५ मिलियन) यूरो खर्च गरेको थियो । जसअनुसार यो रकम पहिलेको तुलनामा घटेको हो । जवकि च्याम्पिएन्स लिग र अन्य क्लब प्रतियोगिताहरुले धेरै आम्दानी गर्छन् । जसबाट यो सिजनमा लगभग ३ अर्ब ५० करोड यूरो कमाइ भएको थियो । जुन अधिकांश रकम पुरस्कार राशिको रुपमा विभिन्न क्लबहरुलाई नै फिर्ता जान्छ ।

    नगद कटौतीपछि कुल राजस्वमा युईएफएको ६.५ प्रतिशत हिस्सा हरेक वर्ष २ मिलियन यूरोले कम भइरहेको छ । यसपटक युरोकप २०२४ का प्रमुख प्रायोजकमा एडिडास, कतार पर्यटक बोर्ड र कोकाकोला छन् । साथै चिनियाँ कम्पनी अलिबाबाका दुई सहायक कम्पनीहरू र तीनवटा इलेक्ट्रोनिक टेक्नोलोजी फर्महरू समावेश छन् ।

    यसवाहेक अमेरिकामा युरोकपका खेलहरु त्यहाँको फक्स स्पोर्ट्सबाट अंग्रेजी र स्पेनिस भाषामा प्रशारण गरिनेछ । यसबाट हुने आम्दानी ह्याटट्रिक कार्यक्रमको आधार हो । जुन खर्च यूईएफएले आफ्ना प्रत्येक सदस्य राष्ट्रहरुको निर्माण, राष्ट्रिय टिम परिचालन खर्च वा शिक्षा जस्ता विभिन्न परियोजनाहरुका लागि खर्च गर्छ । युईएफएका अनुसार युरोकपको आम्दानीबाट प्रत्येक सदस्यहरु १७ मिलियन यूरोसम्म प्राप्त गर्नका लागि योग्य छन् । जुन रकम युरोपेली संघहरुले फिफाबाट प्राप्त गर्ने रकमभन्दा दोब्बरभन्दा धेरै हो ।

    यस्तै युरोकपमा ३३१ मिलियन यूरोको पुरस्कार राशि २४ राष्ट्रिय महासंघहरुबीच बाँडफाँट हुनेछ । तर विजेताले सबै खेल जित्यो भने ऊ एक्लैले २८.५ मिलियन अर्थात् २८ करोड ५० लाख यूरो प्राप्त गर्नेछ । यस्तै युईएफएको २४० मिलियन यूरोको कोषबाट ६ सयभन्दा धेरै क्लबहरुले (जसमा अधिकांश युरोपका छन् र केही साउदी अरबसहित केही अन्य पनि) आफ्ना खेलाडीहरुका लागि प्राप्त गर्न सक्छन् ।

    साथै युईएफएले फाइनल प्रतियोगिता खेल्ने खेलाडीहरुका लागि १४० मिलियन यूरो बजेट छुट्याएको हुन्छ भने नेसनल लिग र युरो २०२४ को दुई संस्करणमा खेल्ने सबै टिमलाई कल अप अनुसार रकम प्रदान गर्नका लागि १०० मिलियन यूरो बजेट छुट्याएको हुन्छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ