बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • बंगलादेशविरुद्ध नेपालले एकै ओभरमा गुमायो दुई विकेट


    हुलाक प्रेस

    • सोमबार, असार ३ २०८१०७:२८
    बंगलादेशविरुद्ध नेपालले एकै ओभरमा गुमायो दुई विकेट

    काठमाडौं । आईसीसी विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध एकै ओभरमा दुई विकेट गुमाएको छ ।

    सोमबार सेन्ट भिन्सेन्टमा जारी खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले ओपनर कुशल भुर्तेललाई २.२ ओभरमा र सोही ओभरको चौथो बलमा अनिलकुमार साहलाई गुमाएको हो । भुर्तेलले चार रन जोड्दा अनिल डक भए ।

    जारी खेलको तीन ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर नौ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ