बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सामूहिक बलात्कार प्रकरणः कराँते प्रशिक्षक राउत र सुवेदीलाई ८ वर्ष कैद सजाय


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २२ २०८००९:४०
    सामूहिक बलात्कार प्रकरणः कराँते प्रशिक्षक राउत र सुवेदीलाई ८ वर्ष कैद सजाय

    काठमाडौं । कराँतेका दुई प्रशिक्षकलाई सामूहिक बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाइएको छ। 

    जिल्ला अदालत मोरङले कराँतेका प्रशिक्षकहरु विराटनगरका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको हो। 

    जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले उक्त फैसला सुनाएको हो। कात्तिक १७ गते दोषी ठहर गरे पनि सजाय निर्धारण भने आज गरेको हो। 

    २०७९ जेठमा सुनसरीको इटहरी घर भइ विराट हेल्थ कलेजमा अध्ययन गर्ने छात्रालाई उनीहरुले एक होटलमा लगेर सामूहिक बलात्कार गरेका थिए। विराटनगरको एक होटलमा सामूहिक बलात्कार गरेको भन्दै पीडित छात्राले उजुरी दिएपछि उनीहरु २०७९ साउन ८ गते पक्राउ परेका थिए।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ