बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • लिभरपुलले लगातार दोस्रो जित


    हुलाक प्रेस

    • सोमबार, भदौ १० २०८११२:०८
    लिभरपुलले लगातार दोस्रो जित

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो जित निकालेको छ । आइतबार घरेलु मैदान एन्फिल्डमा लिभरपुलले बेन्टफोर्डलाई २–० ले हराएको हो ।

    घरेलु समर्थकमाझ १३औँ मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ७०औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए । यसपछि थप गोल नहुँदा लिभरपुलले २–० को जित निकालेको हो ।

    जितसँगै लिभरपुल ६ अंकसहित तालिकाको चौथो स्थानमा छ । लिभरपुलभन्दा माथिका आर्सनल, ब्राइटन र म्यानचेस्टर सिटीले पनि समान ६ अंक जोडेका छन् । १३औँ स्थानको ब्रेन्टफोर्डको तीन अंक छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ