बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • लाजियोसँग बराबरीमा रोकियो एसी मिलान


    हुलाक प्रेस

    • आइतबार, भदौ १६ २०८१०९:२४
    लाजियोसँग बराबरीमा रोकियो एसी मिलान

    काठमाडौं । एसी मिलानले इटालियन सिरी ‘ए’ मा शनिबार घरेलु टोली लाजियोसँग २-२ को र बराबरी खेलेको छ ।

    ओलम्पिको रंगशालामा मिलानका लागि स्ट्राहिन्जा पाभ्लोभिक र राफेल लियो तथा लाजियोको लागि भ्यालेन्टिन कास्टेलानोस र बोउले डियाले गोल गरे ।

    यो नितजासँगै तनि खेलमा दुई अंक जोडेको मिलान १४औं स्थानमा छ । लाजिय समान खेलबाट चार अंकका साथ आठौं स्थानमा छ ।

    खेलको आठौं मिनेटमा पाभ्लोभिकको गोलमार्फत मिलानले अग्रता लिएको थियो । ६२औं मिनेटमा कास्टेनानोसले लाजियोका लागि बराबरी गोल फर्काए । त्यसको चार मिनेटपछि नै डियाले गोल गर्दा लाजियो २-१ ले अगाडि बढ्यो । ७२औं मिनेटमा लियोले गोल गर्दा खेल २-२ को बराबरीमा आयो ।

    त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने । शनिबारै सम्पन्न अन्य खेलमा नापोलीले पार्मालाई २-१ र लिसले काग्लियारीलाई १-० ले पराजित गर्दा बोलोग्ना इम्पोलीसँग १-१ को बराबरीमा रोकियो ।

     


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ