बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • कीर्तिमानी खेलमा केनको दुई गोल, इंग्ल्यान्ड विजयी


    हुलाक प्रेस

    • बुधबार, भदौ २६ २०८१०८:२३
    कीर्तिमानी खेलमा केनको दुई गोल, इंग्ल्यान्ड विजयी

    काठमाडौं । आफ्नो कीर्तिमानी एकसयौं खेलमा ह्यारी केनले २ गोल गर्दा इंग्ल्यान्डले फिनल्यान्डलाई पराजित गरेको छ। युइएफए नेसन्न लिगअन्तर्गत भएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा गरेका थिए।

    खेलअघि केनलाई गोल्डेन क्याप दिएको थियो। वेम्लीमा हजारौं समर्थकमाझ केनले आफ्नो सयौं खेललाई स्मरणीय बनाए। उनले खेलको ५७ औं मिनेटमा केनले एलेक्सेन्डर अर्नाल्डको पासलाई सदुपयोग गर्दै पहिलो गोल गर्दा ७६ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाएका थिए।

    त्यसो त आफ्नो एक सयौं खेलमा दुई गोल गर्ने केन पहिलो खेलाडीसमेत बनेका छन्। स्ट्राइकर केनले आफ्नो करिअरमा ६७औं र ६८औं अन्तर्राष्ट्रिय गोल पूरा गरे।

    योसँगै उनी इंग्ल्यान्डका लागि १००औं खेलमा गोल गर्ने तेस्रो खेलाडीसमेत बने। यसअघि वेन रूनी (स्लोभेनियाविरुद्ध २०१४ मा) र बोबी चार्लटन (उत्तर आयरल्यान्डविरुद्ध १९७० मा) यो उपलब्धि हासिल गरेका थियो।

    ‘जब म मिलवाल, नर्विच र लेस्टरमा लोनमा थिएँ, तब मैले १०० क्यापको बारेमा सोचेको थिइन’ उनले भने,’सानै उमेरदेखि मप्रति आशंका गरिन्थ्यो, तर मैले जुन सफलता हासिल गरेको छु, त्यसले मलाई प्रशिक्षण र खेलहरूमा ध्यान केन्द्रित गर्न र प्रेरित गरिरह्यो।’


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ