बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • इङ्ल्यान्डविरुद्ध अस्ट्रेलियाको सहज जित


    हुलाक प्रेस

    • बिहीबार , भदौ २७ २०८१०८:०५
    इङ्ल्यान्डविरुद्ध अस्ट्रेलियाको सहज जित

    काठमाडौं । घरेलु टोली इङ्ल्यान्डविरुद्धको पहिलो ट्वान्टी २० आईमा अस्ट्रेलियाले २८ रनको जित निकालेको छ । बुधबार राति साउथह्याम्पटनमा  भएको खेलमा ओपनर ट्राभिस हेडले ‘प्लेयर अफ दि म्याच’ प्रदर्शन गरे ।

    पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले १९.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८० रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा इङ्ल्यान्डले १९.२ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय ५१ रन बनाउन सक्यो ।

    इङ्ल्यान्डको लागि लिआम लिभिङस्टोनले सर्वाधिक ३७ रन बनाए । फिल साल्टले २० रन बनाउँदा साम करनले १८, जोर्डन कोक्सले १७ रनको योगदान गरे । पाँचौं विकेटको लागि लिभिङस्टोन र करनले सर्वाधिक ५४ रन बनाए ।

    अस्ट्रेलियाका सेअन अबोटले तीन विकेट लिएका थिए । जस हेजलवूड र एडम जाम्पाले समान दुई विकेट आफ्नो नाममा लेखाए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाको लागि हेडले २३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाएका थिए । अर्का ओपनर म्याथ्यु सर्टले ४१ रनको योगदान गरे । जस इङ्लिसले ३७ रन जोडेका हुन् । दुई खेलाडीले पहिलो विकेटको लागि ३६ बलमा ८६ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई सहज अवस्थामा पुर्याएका थिए ।

    इङ्ल्यान्डका लिआमले सर्वाधिक ३ तथा सकिव मोहम्मद र जोफ्रा अचरले समान दुई विकेट हात पारे । दुई राष्ट्रबीच तीन खेलको शृंखला हुनेछ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ