बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • अफगानिस्तानलाई एतिहासिक सफलता, दक्षिण अफ्रिका स्तब्ध


    हुलाक प्रेस

    • शनिबार, असोज ५ २०८१०९:५०
    अफगानिस्तानलाई एतिहासिक सफलता, दक्षिण अफ्रिका स्तब्ध

    काठमाडौँ । अफगानिस्तानले ऐतिहासिक रुपमा पहिलो पटक दक्षिण अफ्रिका विरुद्धको सिरिज जितेको छ। अफगानिस्तानले पहिलो पटक ‘उच्च श्रेणी’ प्राप्त टोली विरुद्ध एक खेल अघिनै सिरिज जितेको हो।

    तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा अफगानिस्तानले १ सय ७७ रनको प्रभावसाली जित निकाल्यो। जितसँगै अफगानिस्तानले तीन खेलको सिरिजमा २-० को अग्रता बनायो।

    सारजाहामा बलिङ र ब्याटिङ दुबैमा एकपक्षीय बनेको खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो। उसका लागि रहमनुल्लाह गुर्वाजले १ सय ५ रनको शतकीय इनिङ खेल्दा अजमतुल्लाह ओमरजाइ ८६ रनमा अविजित रहे।

    त्यस्तै रहमत साहलले ५० रन बनाएका थिए। त्यस्तै रियज हसनले २९ रन बनाउँदा मोहम्मद नावीले १३ रन बनाए। ३ सय १२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा १ सय ३४ रन जोड्दा अलआउट भयो।

    उसका लागि ओपनर तथा कप्तान टेम्बा बभुमाले ३८ रन र अर्का ओपनर टोन डे जोर्जीले ३१ रन बनाउनु सर्वाधिक रह्यो। यी दुइले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेपनि पछिल्लो क्रमका ७ ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

    थप दोहोरो स्कोरका रुमपा तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रिजा हेन्ड्रिक्सले १७ र एइडन माक्रमले २१ रन बनाएका थिए। दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका रासिद खानले १९ रन दिएर ५ विकेट लिए।

    त्यस्तै ननग्याली खरोटीले २६ रन दिएर ४ विकेट लिएका थिए। थप एक विकेट अजमतुल्लाह ओमरजाइको नाममा रह्यो।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ