बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • आईसीसी एकदिवसीय विश्वकप क्रिकेटः फाइनल जित्नले कति पाउँछन् पुरष्कार ?


    हुलाक प्रेस

    • शनिबार, मंसिर २ २०८०१२:२२
    आईसीसी एकदिवसीय विश्वकप क्रिकेटः फाइनल जित्नले कति पाउँछन् पुरष्कार ?

    एजेन्सी । विश्वकपको फाइनलमा भारत र अस्ट्रेलियाबिच आइतबार अहमदाबादमा खेल हुँदैछ । विश्वकपको फाइनलमा दुवै टोली आमनेसामने भएको यो दोस्रो पटक हो । 

    प्रत्येक चार वर्षमा हुने यस प्रतियोगिताको उपाधि जित्ने प्रयास दुवै टोलीले गर्नेछन् । तर, यहाँ विश्वकप ट्रफी मात्रै होइन ठुलो पुरस्कार राशि पनि छ । 

    यस विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर अर्थात करिब ५३ करोड नेपाली रुपैयाँ पाउनेछन् । जबकि उपविजेताले २० लाख अमेरिकी पुरस्कार प्राप्त गर्नेछन् ।  सेमिफाइनलमा हारेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले आठ लाख डलर पाएका छन् । लिग चरणबाट बाहिरिएका सबै ६ टोलीले एक–एक लाख डलर प्राप्त गरेका छन् । 

    यसका साथै लिग चरणमा १० वटै टोलीबिच खेलेका ४५ खेलको विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर प्रदान गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ