बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • जर्जियालाई हराउँदा स्पेनलाई ठुलो धक्का, गाभीले यूरोकप गुमाउन सक्ने


    हुलाक प्रेस

    • सोमबार, मंसिर ४ २०८०११:५२
    जर्जियालाई हराउँदा स्पेनलाई ठुलो धक्का,  गाभीले यूरोकप गुमाउन सक्ने

    काठमाडौं । युरो कप छनोटअन्तर्गतको अन्तिम खेलमा स्पेनले जर्जियामाथि ३–१ को जित निकालेको छ। समूह ‘ए’ को अन्तिम खेलमा जर्जियामाथि जित निकाल्दै समूह विजेता बनेर स्पेन युरो कपमा छनोट भएको छ। 

    खेलको चौथो मिनेटमै फेरान टोरेसको पासमा नोमर्‍याण्डले गोल गरेपछि स्पेनले अग्रता लिएको थियो। तर १०औं मिनेटमा कारात्सखेलियाले गोल गरेपछि खेल बराबरीमा आयो।

    दोस्रो हाफको ५५औं मिनेटमा गायाको पासमा टोरेसले गोल गरेपछि स्पेनले पुनः २–१ को अग्रता बनायो। ७२औं मिनेटमा जर्जियाका लोचोस्भिलले आत्मघाती गोल गरेपछि स्पेनले खेल ३–१ गोलले जित्दै समूह विजेता बनेर युरो कप छनोट टुंग्याएको छ। 

    तर यो खेल स्पेन र बार्सिलोनाका लागि भने निकै महँगो सावित भयो। स्पेन तथा बार्सिलोनाका मिडफिल्डरका मुख्य हतियार गाभीले गम्भीर घोट बोकेका छन्। बल नियन्त्रणमा लिने बेलामा घुँडामा गम्भीर चोट बोक्दै उनी २६औं मिनेटमा मैदानबाट बाहिरिएका थिए। 

    गाभीको चोट गम्भीर रहेको र लामो समय मैदान बाहिर रहने बताइएको छ। आगामी जुनमा जर्मनीमा हुने युरो कप समेत गाभीले गुमाउने भएका छन्। यता बार्सिलोनाका लागि यो पुरै सिजन गाभी मैदान बाहिर हुने भएका छन्। 

    मुख्य खेलाडी गाभी करिब ८ महिनासम्म मैदान बाहिर हुने भएपछि स्पेन र बार्सिलोनालाई तनाव थपिएको छ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ