बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • अग्रता जोगाउन नसक्दा रोकियो अर्जेन्टिना


    हुलाक प्रेस

    • शुक्रबार, असोज २५ २०८११०:००
    अग्रता जोगाउन नसक्दा रोकियो अर्जेन्टिना

    काठमाडौं । पहिलो हाफमा बनाएको १–० को अग्रता जोगाउन नसक्दा विश्वकप विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को छनोट खेलमा भेनेजुयलासँग १–१ को बराबरीमा रोकिएको छ ।

    शुक्रबार भेनेजुयलामा भएको खेलमा अर्जेन्टिनाका लागि रक्षक निकोलस ओटामेन्टीले गोल गरेका थिए । घरेलु टिमका सालोमोन रोन्डेनले गोल फर्काए ।

    खेलको १३औँ मिनेटमा ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । तर, खेलको ६५औँ मिनेटमा रोन्डोनले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काएका हुन् । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेल १–१ को बराबरीमा समाप्त भएको हो । विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो पहिलो बराबरी हो । 

    तालिकाको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले नौ खेलबाट १९ अंक जोडेको छ । यसअघि अर्जेन्टिना गत महिना भएको खेलमा कोलम्बियासँग २–१ ले पराजित भएको थियो । समान खेलबाट ११ अंक जोडेको भेनेजुयला तालिकाको छैटौँ स्थानमा छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ