बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वकप छनोटमा कोलम्बियाको पहिलो हार


    हुलाक प्रेस

    • शुक्रबार, असोज २५ २०८११०:०४
    विश्वकप छनोटमा कोलम्बियाको पहिलो हार

    काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटमा कोलम्बियाले पहिलो हार व्यहोरेको छ । 

    कोलम्बियाले शुक्रबार बिहान १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको घरेलु टिम बोलिभियासँग १–० को हार व्यहोरेको हो ।

    शुक्रबार बोलिभियास्थित म्युनिसिपल रंगशालामा सम्पन्न खेलमा बोलिभियालाई जित दिलाउन मिगेल टेर्सेरोसले निर्णायक गोल गरे । उनले ५८औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । उनले कोलम्बियाका दुई खेलाडीलाई ‘बिट’ गर्दै उत्कृष्ट गोल गरेका थिए ।

    त्यसअघि खेलको पहिलो हाफमै बोलिभिया १० खेलाडीमा सीमित बनेको थियो । २०औँ मिनेटमा हेक्टर क्वेयरले सोझै रातो कार्डको दर्शन गरेपछि बोलिभिया १० खेलाडीमा समेटिएको हो ।

    जितसँगै नौ खेलबाट १२ अंक जोडेको बोलिभिया तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट १६ अंक जोडेको कोलम्बिया भने दोस्रो स्थानमा छ । यो हारसँगै कोलम्बियाले छनोटको शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । तालिकाको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले नौ खेलबाट १९ अंक जोडेको छ । अर्जेन्टिनाले शुक्रबार भएको खेलमा भेनेजुयलासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ