काठमाडौं । नेसन्स लिग फुटबलमा जर्मनीले आफूलाई समूहको शीर्षस्थानमा कायम राखेको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सलाई १–० गोलले हराउँदै जर्मनीले अपराजित यात्रा जारी राखेको हो ।
जर्मनीको जितमा जेमी लेवेलिङले ६४औँ मिनेटमा एकमात्र निर्णायक गोल गरे । लिग एको समूह ३ मा रहेको जर्मनी जितसँगै १० अंकसहित शीर्षस्थानमा र नेदरल्यान्ड्स ५ अंकसहित दोस्रो स्थानमा छन् । नेदरल्यान्ड्सको यो पहिलो हार हो ।