बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक १ २०८१०९:०४
    साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

    काठमाडौं ।सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । 

    प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
     
    एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् ।  समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ । रासस


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ