बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • चार दिनमा मेसीको दोस्रो ह्याट्रिक


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ४ २०८१०९:०८
    चार दिनमा मेसीको दोस्रो ह्याट्रिक

    काठमाडौँ । लियोनेल मेसीले ११ मिनेट भित्र ह्याट्रिक गरेको खेलमा इन्टरमियामीले मेजर लिग सकर (एमएलएस) मा कीर्तिमानी अङ्क बनाएको छ।

    मियामीले एकै सिजनमा सर्वाधिक अङ्क बनाउने टोलीको कीर्तीमान बनाएको हो। न्यु इंग्ल्यान्ड रिभोलुसन विरुद्ध ६-२ को जित निकाल्दा मेसीले ह्याट्रिक गरे।

    फ्लोरिटाको चेस स्टेडियममा मेसीले अन्तिम समयमा लगातार तीन गोल गरेका थिए। खेलमा ३४ मिनेट भित्र २-० ले पछि परेको अवस्था उल्टाउँदै मियामिले फराकिलो जित निकाल्यो।

    उसका लागि लुइस स्आरेजले पहिलो हाफमै खेललाई बराबरीमा ल्याए। सुआरेजले २ गोल गर्दै पहिलो हाफ २-२ को अवस्थामा रहँदा बेन्जामिन क्रिमासीले दोस्रो हाफको सुरुवातमै अग्रता दिलाए।

    त्यसपछि लियोनेल मेसीले खेलको ७८ औ मिनेटमा ब्यक्तिगत पहिलो तथा टिमका लागि दोस्रो गोल गर्दा उनले ८९ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए।

    उनको यो एमएलएसमा पहिलो ह्याट्रिक हो। उनले अर्जेन्टिनाका लागि गत मंगलबार ह्याट्रिक सहित थप २ एसिस्ट गरेका थिए।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ