बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • बराबरीमा रोकिए पिएसजी र पिएसभी


    हुलाक प्रेस

    • बुधबार, कात्तिक ७ २०८११०:४०
    बराबरीमा रोकिए पिएसजी र पिएसभी

    काठमाडौं । पेरिस सेन्ट जर्मन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिगमा पिएसभीलाई १-१ को बारबरीमा रोकेको छ ।

    यो नतिजासँगै तीन खेलमा चार अंक जोडेको पिएसजी १७औं स्थानमा छ । पिएसभी समान खेलबाट दुई अंकका साथ २७औं स्थानमा छ ।

    पेरिसस्थित पार्क डेस प्रिन्सेसमा मंगलबार भिएसभीका लागि नोआ लाङ्ग र पिएसजीका लागि अचरफ हाकिमीले गोल गरे ।

    खेलको ३४औं मिनेटमा लाङ्गको गोलमार्फत पिएसभीले अग्रता लिएको थियो । ५५औं मिनेटमा हाकिमीले पिएसजीलाई बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।

    लिगअन्तर्गत मंगलबारै सम्पन्न अन्य खेलमा मोनाकोले क्रिभिना जेभजदालाई ५-१, एसी मिलानले क्लब बर्गलाई ३-१ र  स्टुटगार्टले युभेन्टसलाई १-० ले पराजित गरे । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ