बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • रोनाल्डो पेनाल्टीमा चुक्दा किंग कपबाट बाहिरियो अल नासर


    हुलाक प्रेस

    • बुधबार, कात्तिक १४ २०८११०:३०
    रोनाल्डो पेनाल्टीमा चुक्दा किंग कपबाट बाहिरियो अल नासर

    काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा अल नासर किंग कप अफ च्याम्पियन्सको अन्तिम १६ बाट बाहिरिएको छ ।

    मंगलबार राति घरेलु मैदान अल अवालमा भएको खेलमा अल नासरलाई अल तावनले १–० ले पराजित गरेको हो । अल तावनको जितमा वाहिद अल अहमदले निर्णायक गोल गरे । 

    उनले खेलको ७१औँ मिनेटमा गोल गर्दै अल तावनलाई अग्रतामा राखेका थिए । खेलको इन्जुरी समयमा अल नासरले पेनाल्टी पाएको थियो । जसका निम्ति रोनाल्डो अघि सरे पनि उनले बललाई जाली चुमाउन सकेनन् । 

    बराबरीको यो अवसर सदुपयोग गर्न नसक्दा अल नासर प्रतियोगिताबाट बाहिरिएको हो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ