बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक १५ २०८११०:२७
    सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा

    काठमाडौं । लेस्टर सिटीविरुद्ध ५-३ को जित निकाल्दै म्यानचेस्टर युनाइटेड इङ्लिस फुटबल लिग कप ( कारबाओ) को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन क्यासिमिरो र कप्तान ब्रुनो फर्नान्डेसले समान दुई तथा अलेजान्द्रो गार्नाचोले एक गोल गरे । लेस्टरका लागि  बिलाल एल खानौस र कोनर कोडीले गोल फर्काए ।

    खेलको १५औं मिनेटमा क्यासिमिरोको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । २८औं मिनेटमा गार्नाचोले टोलीको अग्रता दोब्बर बनाए ।

    खानौसले ३३औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । तीन मिनेटपछि फर्नान्डेसले गोल गर्दा युनाइटेड ३ १ ले अगाडि बढ्यो ।

    क्यासिमिरोले ३९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । पहिलो हाफको इन्जरी समयमा कोडीले खेललाई ४-२ को स्थितीमा ल्याए ।

    फर्नान्डोले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ५-२ को सहज जित दिलाए । यसैगरी लिभरपुल, आर्सनल, टोटनहम, न्युक्यासल युनाइटेड, ब्रेन्टफोर्ड, साउथह्याम्पटन र क्रिस्टल प्यालेसले पनि क्वार्टरफाइनलको यात्रा तय गरेका छन् ।

    क्वार्टरफाइलनमा युनाइटेडले टोटनहम, लिभरपुलले साउथह्याम्पटन, आर्सनलले क्रिस्टल प्यालेस र न्युक्यासलले ब्रेन्टफोर्डको सामना गर्नेछन् ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ