बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक १५ २०८११०:३०
    अन्तिम १६ वाटै बाहिरिए चेल्सी र म्यानचेस्टर सिटी

    काठमाडौं । चेल्सी र म्यानचेस्टर सिटी इङ्लिस फुटबल लिग कप (कारबाओ) को अन्तिम १६ बाटै बाहिरिएका छन् ।

    बुधबार सम्पन्न खेलमा चेल्सीलाई न्युक्यासल युनाइटेडले २-० तथा सिटीलाई टोटनहमले २-१ ले पराजित गरे ।

    सेन्ट जेम्स पार्कमा घरेलु टोली न्युक्यासललाई जित दिलाउन एलेक्सजान्डर इसाकले गोल गर्दा एक गोल आत्मधाती उपहार स्वरुप प्राप्त भयो ।

    खेलको २३औं मिनेटमा इसाकको गोलमार्फत न्युक्यासलले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै एक्सल डिसासीबाट आत्मधाती गोल हुन पुग्दा न्युक्यासलको अग्रता दोब्बर बन्यो । त्यसपछि थप गोल निस्कन नसक्दा युक्यासलले अन्तिम आठको यात्रा तय गर्यो ।

    यसैगरी टोटनहम होट्सपुर रंगलशालामा घरेलु टोली टोटनहमलाई जित दिलाउन टिम वेर्नेर पेपे सारले गोल गरे । सिटीका लागि म्याथ्युज नुनेजले गरेको गोल सान्त्वना बन्यो ।

    खेलको पाँचौं मिनेटमा वेर्नेरको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । २० मिनेटपछि सारले टोलीको अग्रता दोब्बर बनाए ।

    पहिलो हाफको इन्जुरी सामयमा नुनेजले गोल गर्दा खेल २-१ को स्थितीमा आयो । तर त्यसपछि गोल निस्कन नसक्दा टोटनहमको अन्तिम १६ को यात्रा पक्का भयो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ