बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • मेस्सी र रोनाल्डो आमनेसामने हुँदै, विश्वभरका फ्यान प्रतिक्षामा


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर ८ २०८००१:१०
    मेस्सी र रोनाल्डो आमनेसामने हुँदै, विश्वभरका फ्यान प्रतिक्षामा

    काठमाडौं । विश्व फुटबलका दुई सुपरस्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो पुनः एकपटक फुटबल मैदानमा आमनेसामने हुने भएका छन् । मेस्सी आबद्ध क्लब इन्टर मायामी र रोनाल्डो आबद्ध अल नासरले रियाद सिजन कपमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्ने भएका हुन् । 

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरूका अनुसार सन् २०२४ फेब्रुअरीको पहिलो हप्ताबाट सुरु हुने रियाद सिजन कपमा इन्टर मायामी, अल–नासरका साथै नेमार जुनियर आबद्ध साउदी क्लब अल हिलालले पनि प्रतिस्पर्धा गर्दै छन् । तर, घाइते भएका कारण नेमारले याे प्रतियोगिता खेल्ने छैनन् ।

    यद्यपि मेस्सी र रोनाल्डोको भेट भने पक्का भएको छ । साउदीको रियाद सिजन कपका आयोजकले मेस्सी र रोनाल्डोको अन्तिम फुटबल प्रतिस्पर्धालाई ‘द लास्ट डान्स’ भनेका छन् ।

    सन् २००८ मा पहिलोपटक मेस्सी र रोनाल्डो एकअर्काविरुद्ध मैदानमा उत्रिएका थिए । हालसम्म उनीहरूले ३६ खेलमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरिसकेका छन् । जसमध्ये मेस्सी आबद्ध टोलीले १६ खेल जितेकाे छ भने रोनाल्डो आबद्ध टोलीले ११ खेल जितेको छ । 

    मेस्सी र रोनाल्डो आमनेसामने हुने पक्का भएपछि यतिबेला विश्वभरका फुटबल समर्थक खुसी भएका छन् । विश्वकप विजेता मेस्सी कीर्तिमानी आठपटकका बालुन डि’ओर विजेता हुन् भने युरोकप विजेता रोनाल्डो पाँचपटकका बालुन डि’ओर विजेता हुन् । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ