काठमाडौं । फ्रेन्च लिग वानमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी)ले शनिबार लेन्सविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
जितसँगै पिएसजीले १० खेलमा २६ अंक जोडेको छ । पराजित लेन्स समान खेलबाट १४ अंकका साथ आठौं स्थानमा छ ।
घरेलु मैदान पार्क डेस प्रिन्सेसमा ओस्माने डेक्बेलेले गरेको एक मात्र गोल घरेलु टोली पिएसजीलाई जित दिलाउन निर्णायक बन्यो । डेम्बेलेले खेलको चौथो मिनेटमै ब्रेडली बार्काेलाको पासलाई पोस्टको दिशा दिए ।