काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकी सिरिजको अन्तिम खेलमा नेपाल र स्कटल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएको छ।
अन्तिम खेल वर्षाले रद्द भएसँगै अमेरिकी सिरिजमा नेपालले ३ अंक हासिल गरेको छ।
सोमबार ग्रान्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाउँदा खेल दोस्रो पटक स्थगित भएको थियो। त्यसपछि पुन:खेल सुरु हुन नसक्दा दुवै टिमले अंक बाँडेका थिए।
राष्ट्रिय मौसम विभागका अनुसार अमेरिकी समय अनुसार दिउँसो १ देखि ४ बजेसम्म आधीँहुरीसहितको वर्षा सुरु भएपछि खेल स्थगित भएको हो। यसअघि नेपालले स्कटल्यान्डलाई हराएको थियो।
नेपाल लिग अंक तालिकामा १२ खेलबाट २ मा जित, ८ मा हार र २ खेल रद्द हुँदा ६ अंकका साथ सातौं स्थानमा छ।
नेपालले अब लिग २ मा २०२५ को मे’मा स्कटल्यान्डमा गएर सिरिज खेल्ने कार्यतालिका रहेको छ।