बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • म्यानचेष्टर सिटी स्पोर्टिङसँग स्तब्ध


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २१ २०८१०९:१४
    म्यानचेष्टर सिटी स्पोर्टिङसँग स्तब्ध

    काठमाडौं । इङ्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगमा स्पोर्टिङ सिपीसँग ४–१ ले पराजित भएको छ ।

    मंगलबार राति खेलमा सिटीले अग्रता बनाएपनि पोर्चुगलको स्पोर्टिङ सिपी पुनरागमन जित निकाल्न सफल भयो ।

    उसको जितमा भिक्टोर ग्योकेरेसले ह्याट्रिक पूरा गरे । उनले खेलको ३८, ४९ र ८०औं मिनेटमा गोल गरेका हुन् । म्याक्सिमिलियानो अरौजोले एक गोल थपेका थिए ।

    यसअघि खेलको चौथो मिनेटमै फिल फोडेनले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । यो जितले यसै सिजन म्यानचेष्टर युनाइटेडमा अनुबन्ध भएका प्रशिक्षक रुवेन अमोरिमलाई राहत मिलेको छ ।

    हारपछि सिटीले चौथो स्थानमा उक्लने अवसर गुमायो । चार खेलबाट ७ अंक जोडेको सिटी छैटाैँ स्थानमा छ । स्पोर्टिङ भने दोस्र्रो स्थानमा उक्लियो । तीन खेल जितेको उसको १० अंक छ ।

    यता, लिभरपुलले बायर लेभरकुसेनलाई ४–० ले हराउँदै शीर्ष स्थान कब्जा गरेको छ । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ