बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • यू–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालले आज थाइल्यान्डविरुद्व खेल्ने


    हुलाक प्रेस

    • आइतबार, कात्तिक २५ २०८१०७:३२
    यू–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालले आज थाइल्यान्डविरुद्व खेल्ने

    काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्यान्डविरुद्व खेल्ने भएको छ ।

    नेपाल र थाइल्यान्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु हुनेछ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

    नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो ।

    यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको थियो । उक्त खेलमा नेपाल यूएईसँग १३ रनले पराजित भएको हो ।

    प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदै छ ।


  • सम्बन्धित विषय:

  • # महिला विश्वकप क्रिकेट
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ