बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • बराबरीमा रोकियो एसी मिलान


    हुलाक प्रेस

    • आइतबार, कात्तिक २५ २०८१०८:५८
    बराबरीमा रोकियो एसी मिलान

    काठमाडौं । इटालियन सिरी ‘ए’ मा शनिबार एसी मिलान काग्लियारीसँग ३-३ को बराबरीमा रोकिएको छ ।

    यो निताजसँगै ११ खेलमा १८ अंक जोडेको मिलान सातौं स्थानमा छ । काग्लियारी १२ खेलबाट १० अंकका साथ १६औं स्थानमा छ । 

    सार्देग्ना एरिनामा मिलानका लागि राफेल लियोले दुई तथा टमी अब्राहमले एक गोल गरे । घरेलु टोली काल्लियारीका लागि गाब्रिएल जाप्पाले दुई तथा नादिर जोर्टियाले एक गोल गरे ।

    खेलको दोस्रो मिनेटमै जोर्टियाको गोलमार्फत काग्लियारीले अग्रता लिएको थियो । १५औं मिनेटमा लियोले मिलानलाई बराबरीमा ल्याए । लियोले ४०औ. मिनेटमा व्यक्गित दोस्रो गोल गर्दा एसी मिलान २-१ ले अगाडि बढ्यो । जम्पाले ५३औं मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीमा आयो ।

    अब्रहामले ६९औं मिनेटमा मिलानका लागि तेस्रो गोल गरे । निर्धारित समय सकिन एक मिन बाँकी रहँदा जाम्पाले गोल गर्दै काग्लियारीलाई हारबाट जोगाए ।

    शनिबारै सम्पन्न अर्को खेलमा युभेन्टसले टोरिनोविरुद्ध २-० को सहज जित निकाल्यो ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ