बुधबार, कात्तिक १२ गते २०८३
  • यो साता चर्चामा :
  • दुई गोलले पछि परेको सिटीको शानदार जित


    हुलाक प्रेस

    • बुधबार, मंसिर १३ २०८००९:३०
    दुई गोलले पछि परेको सिटीको शानदार जित

    एजेन्सी । घरेलु मैदानमा पहिलो हाफमा २-० ले पछि परेको अवस्था उल्टाउँदै सिटीले सानदार पुनरागमन सम्भव बनाएको छ।

    च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह ‘जि’ को आफ्नो पाँचौं खेलमा सिटीले आरबी लेइजिङलाई ३-२ ले पराजित गरेको हो।

    सिटीका स्टार स्ट्राइकर अर्लिङ हालान्डले च्याम्पियन्स लिगमा आफ्नो ४० औं गोल पूरा गरे। हालान्ड च्याम्पियन्स लिगमा सर्वाधिक चाँडो ४० गोल पूरा गर्ने खेलाडी समेत बने। उनले ३५ खेलमानै ४० गोल पूरा गरेका हुन्। जुन यसअघि रुड भान निस्टेलरोयको भन्दा १० खेल कम हो।

    पहिलो हाफको ४० मिनेट उनीहरुको घरेलु मैदानमा २८ खेल सम्मको अपराजित यात्रा अन्त हुने अनुमान गरिएको थियो। तर दोस्रो हाफमा जुलियन अल्भारेज र जेर्मी डोकुको सानदार प्रदर्शनले सिटी फेरिएको थियो।

    ५४ औं मिनेटमा फिल फोडेनको पासालई सदुपयोग गर्दै हालान्डले सिटीका लागि पहिलो गोल गर्दै खेल १-२ को अवस्थामा ल्याए। फोडेनले ७० औं मिनेटमा बराबरी गोल गर्दा टिमका लागि निर्णायक गोल भने अल्भारेजले ८७ औं मिनेटमा सम्भव बनाए।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ