बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • अन्तिम समयको गोलले हारबाट जोगियो लिभरपुल


    हुलाक प्रेस

    • आइतबार, मंसिर ३० २०८११०:१०
    अन्तिम समयको गोलले हारबाट जोगियो लिभरपुल

    काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शनिबार लिग लिग लिभरपुलले फुलहमलाई २-२ को बराबरीमा रोकेको छ ।

    यो नतिजासँगै १६ खेलमा ३६ अंक जोडेको लिभरपुल शीर्षस्थानमा कायमा छ । फुलमह १६ खेलबाट २४ अंकका साथ नवौं स्थानमा छ ।

    घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो र डियागो जोटाले गोल गरे । फुलहमका लागि आन्द्रेस परेरा र रोड्रिगो मुनिजले गोल गरे ।

    खेलको ११औं मिनेटमा परेराको गोलमार्फत फुलहमले अग्रता लिएको थियो । १७औं मिनेटमा एन्ड्रियु रोबर्टसनले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।

    दोस्रो हाफको सुरुआतमै गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काए । ७६औं मिनेटमा मुनिजले गोल गर्दा फुलहम २१ ले अगाडि बढ्यो । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा जोटाले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

    शनिबारै सम्पन्न अन्य खेलमा इप्सवीच टाउनले उल्भरह्याम्पटन र नटिङघम फरेस्टले एस्टन भिल्लालाई समान २-१ तथा न्युक्यासल युनाइटेडले लेस्टरसिलाई ४-० ले पराजित गरे । यसैगरी आर्सनल एभर्टनसँग गोलरहित बराबरीमा रोकियो । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ