बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • रोमाञ्चक जित निकाल्दै लिभरपुल सेमिफाइनलमा


    हुलाक प्रेस

    • बिहीबार , पुस ४ २०८१०८:५७
    रोमाञ्चक जित निकाल्दै लिभरपुल सेमिफाइनलमा

    काठमाडौं । घरेलु टोली साउथह्याम्पटनविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै लिभरपुल इङ्लिस फुटबल लिग कप (कारबाओ) को सेमिफाइनलमा प्रवेश गरेको छ ।

    बधुबार सेन्ट मेरिज रंगशालामा लिभरपुललाई जित दिलाउन डार्विन नुनेज र हार्भे इलियटले गोल गरे । साउथह्याम्पटनका लागि क्यामरोन आर्चरले गोल फर्काए ।

    खेलको २४औं मिनेटमा नुनेजको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । आठ मिनेटपछि इलियटले टोलीको अग्रता दोब्बर बनाए  ।

    आर्चरले ५९औं मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ