बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • पिएसजीको अपराजित यात्रा जारी


    हुलाक प्रेस

    • बिहीबार , पुस ४ २०८१०९:५८
    पिएसजीको अपराजित यात्रा जारी

    काठमाडौं । लिग लिडर पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा बुधबार घरेलु टोली मोनाकोविरुद्ध ४-२ को जित दर्ता गरेको छ ।

    यससँगै १६ खेलमा १२ जित र चार बराबरीको नितजासहित ४० अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ । पराजित मोनाको समान खेलबाट ३० अंकका साथ तेस्रो स्थानमा छ ।

    स्टेड लुइस रंगशालामा पिएसजीलाई जित दिलाउ ओस्माने डेम्बेलेले दुई तथा डिजायर डुइ र गोन्कालो रोमोसले समान एक गोल गरे । मोनाकोका लागि एलिस बेन सेगिर र ब्रिल एम्बोलोले गोल फर्काए ।

    खेलको २४औं मिनेटमा डुइको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । ५३औं मिनेटमा सेगिरले पेनाल्टीमार्फत मोनाकोका लागि बराबरी गोल फर्काए ।

    एम्बोलोले ६०औं मिनेटमा गोल गर्दा मोनाको २-१ ले अगाडि बढ्यो । चार मिनेटपछि नै डेम्बेलेले पिएसजीलाई २-२ को बराबरीमा ल्याए । निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा रामोसले गोल गर्दा पिएसजीको अग्रता ३-२ मा पुग्यो । इन्जुरी समयमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-२ को सहज जित दिलाए ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ