बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • आर्सनल दोस्रो स्थानमा


    हुलाक प्रेस

    • शनिबार, पुस १३ २०८११०:२०
    आर्सनल दोस्रो स्थानमा

    काठमाडौं । काइ हाभार्ट्जको गोलमा इप्स्विच टानउलाई १-० ले पराजित गर्दै आर्सनल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ ।

    घरेलु मैदान एमिरेट्स स्टेडियममा गएराती भएको खेलमा हाभार्ट्जले २३औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । उनले लिएन्ड्रो ट्रोसार्डको क्रसमा गोल गरेका थिए ।

    घरेलु मैदानमा आर्सनलले ८३ प्रतिशत भन्दा बढी खेल आफ्नो नियन्त्रणमा राखेको थियो ।

    यो जितपछि आर्सनलको १८ खेलबाट ३६ अंक भएको छ । चेल्सीलाई एक अंकले पछि पारेको आर्सनलले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी ६ मा झारेको छ । चेल्सी ३५ अंकसहित तेस्रोमा छ । इमिरेट्स स्टेडियममा भएको खेलमा लियानड्रो ट्रोसार्डको क्रस उपयोग गर्दै हाभरटेजले २३ औं मिनेटमा निर्णायक गोल गरे ।

    रेलिगेसनबाट बच्न संघर्षरत इप्स्विच १२ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । गएराती नै भएको खेलमा ब्राइटन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

    ब्राइटन १८ खेलबाट २६ अंकसहित दसौं स्थानमा । ब्रेन्टफोर्ड समान खेलबाट २४ अंकसहित ११औं स्थानमा छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ