बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • पछिल्ला १४ खेलमा सिटीको दोस्रो जित, अग्रता फराकिलो बनाउँदै लिभरपुल


    हुलाक प्रेस

    • सोमबार, पुस १५ २०८१०९:१८
    पछिल्ला १४ खेलमा सिटीको दोस्रो जित, अग्रता फराकिलो बनाउँदै लिभरपुल

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सबैखाले प्रतियोगितामा गरी पछिल्लो १४ खेलमा दोस्रो जित हात पारेको छ। प्रशिक्षक पेप ग्वार्डीओलाको ५०० सयौं खेललाई सुखद बनाउने क्रममा आइतबार राति लेस्टर सिटीलाई २-० ले हरायो।

    सिटीको जितमा साभिन्होले २१ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाउँदा ७४ औं मिनेटमा हेड मार्फत हालान्डले अग्रता दोब्बर बनाए। लेस्टरले खेलमा गोलका केही राम्रा मौका पाएपनि सदुपयोग गर्न सकेको थिएन।

    त्यस्तै, शीर्ष स्थानको लिभरपुलले अग्रता फराकिलो बनाउँदै लगेको छ। लिभरपुलले वेस्टह्यामलाई ५-० ले हराउँदै शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ। लिग अंक तालिकामा लिभरपुलले १८ खेलबाट ४५ अंक बनाउँदा नोटिङघम फरेस्टले ३७ र आर्सनलले ३६ अंक बनायो। त्यस्तै आर्सनलले ३६ अंक बनाउँदा चेल्सी ३५ अंक साथ चौंथो स्थानमा छ। सिटी ३१ अंकका साथ छैटौं स्थानमा छ।

    त्यस्तै, आइतबार राति भएका अन्य खेलमा क्रिस्टल प्यालेसले साउथहेम्टनलाई २-१ ले हराउँदा नोटिङघम फरेस्टले एभर्टनलाई २-० ले हरायो। त्यस्तै फुलह्यामले बोर्नेमाउथले २-२ गोल गर्दा टोटेनह्यामले वल्भेससँग पनि २-२ गोलको बराबरी खेलेका थिए।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ