बिहीबार , साउन १४ गते २०८३
  • यो साता चर्चामा :
  • रियलमाथि रवाफिलो जित निकाल्दै बार्सिलोनाले जित्यो स्पेनिस सुपरकप


    हुलाक प्रेस

    • सोमबार, पुस २९ २०८१११:०१
    रियलमाथि रवाफिलो जित निकाल्दै बार्सिलोनाले जित्यो स्पेनिस सुपरकप

    काठमाडौं । स्पेनिस सुपरकपको उपाधि बार्सिलोनाले जितेको छ। आइतबार राति साउदीको जेदाहस्थित किङ्ग अब्दुल्लाह स्पोर्ट सिटीको मैदानमा भएको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ५-२ को रवाफिलो जित निकाल्दै च्याम्पियन बन्यो।

    ‘एल क्लासिको’ मा रवाफ कायम राख्ने क्रममा बार्सिलोनाले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा थप एक गोल गरेको थियो। यसअघि लालिगामा भएको सिजनको पहिलो एल क्लासिको भिडन्तमा पनि बार्सिलोनासँग रियल म्याड्रिडले ४-० को हार भोगेको थियो।

    आइतबार राति सुरुवाती अग्रता भने रियल म्याड्रिडले लिए पनि बार्सिलोनाको सानदार पुनरागमन रोक्न रियल असफल भयो। दोस्रो हाफमा बार्सिलोना १० खेलाडीमा समेटिए पनि त्यसको फाइदा लिन रियल म्याड्रिड असफल भयो।

    खेलको पाँचौ मिनेटमा काउन्टर याट्याकमा भिनिसियस जुनियरको पासलाई केलियन एम्बाप्पेले गोल गर्दै बार्सिलोना विरुद्ध सुरुवाती अग्रता दिलाएका थिए। तर युवा स्टार लामिन यामलले २२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

    ३६ औं मिनेटमा पेनाल्टीमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। राफिन्हाले ३९ औं मिनेट टिमका लागि तेस्रो गोल गर्दा पहिलो हाफमै ९ मिनेट थप गरिएको इन्जरी समयको अन्तिम मिनेटमा अलेजान्द्रो बाल्देले टिमका लागि चौंथो गोल गर्दै पहिलो हाफमै बार्सिलोनालाई बलियो अवस्थामा पुर्याए।

    खेलमा बार्सिलोनाले पूर्ण रुपमा पकट बनाउने क्रममा दोस्रो हाफमा अर्को गोल थप्यो। राफिन्हालेनै व्यक्तिगत दोस्रो तथा टिमका लगि पाँचौं गोल गर्ने क्रममा मार्क कासिडोको लामो क्रसलाई आकर्षक हेड गर्दै पोस्टको दिशा दिएका थिए।

    तर बार्सिलोना ५७ औं मिनेटमा गोलरक्षक वजसिएच सेजसनीले रातो कार्ड खाएसँगै १० खेलाडीमा समेटियो। सोही मुभमा रियल म्याड्रिडका रोड्रिगोले फ्रिकीकमा गोल गर्दै टिमालई २-५ को अवस्थामा ल्याए पनि टिमको फराकिलो हार टार्न पर्याप्त भएन।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ